हराउँदै गएको लाखे परम्परालाई भक्तपुरमा फेरि निरन्तरता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

भक्तपुर । इन्द्रजात्राको अवसर पारेर भक्तपुरमा लामो समयदेखि ओझेलमा परेको लाखेनाच पुनः देखाउन थालिएको छ। रञ्जितकार समाजको पहलमा शनिबार चाँगुनारायणको लाखेडोलमा पूजाआजा गरेपछि लाखे निकालिएको हो।

खरिपाटी, कमलविनायक हुँदै गोलमढीस्थित लाखे द्यो छेसम्म लाखेनाच प्रदर्शन गरिएको थियो। नेवार समुदायको धार्मिक विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको लाखेलाई भक्तपुरमा तलेजु भवानीको रक्षक गणका रूपमा मान्ने परम्परा रहेको संस्कृतिकर्मी गोपालराज जोशीले बताए।

परम्पराअनुसार लाखेको सम्बन्ध सिम्रौनगढका राजा हरिसिंहदेव र तलेजु भवानीसँग जोडिएको जनविश्वास छ। भक्तपुरमा लाखे निकाल्ने चलन कमजोर बन्दै गएपछि यस वर्ष पुनः सक्रिय रूपमा अघि बढाइएको हो।

शनिबारबाट सुरु भएको लाखेनाच असोज ८ गते पुनः प्रदर्शन गर्दै भक्तपुर नगर परिक्रमा गराउने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *