प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको आम बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री शिशिर खनाल भने उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन असोज ४ गते नै न्यूयोर्क जानेछन् । उनले विभिन्न देशका समकक्षी तथा उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी सहभागी हुनेछन् । प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *