१३ देशका लागि राजदूत सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको हो।

सरकारका अनुसार विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको छ । अब प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ । सुनुवाइपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा सिफारिस भएका छन्।

त्यस्तै, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *