महाधिवेशनको नौ महिना बित्दा पनि एमालेका विभाग अपूर्ण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि पार्टीका ३३ वटै केन्द्रीय विभागले पूर्णता पाउन सकेका छैनन् ।

विभागका प्रमुख तोकिए पनि उपप्रमुख, सचिव र सदस्य मनोनयन नहुँदा सयौँ नेता–कार्यकर्ता जिम्मेवारीविहीन बनेका छन् । विभागहरू अपूर्ण हुँदा पार्टीका सांगठनिक, वैचारिक तथा अन्य गतिविधिमा असर परेको नेताहरूले बताएका छन् ।

एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले लामो समयसम्म विभागले पूर्णता नपाउँदा कार्यकर्ता निष्क्रिय र निराश बन्ने अवस्था आएको बताए । प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भने अब बस्ने सचिवालय र केन्द्रीय कमिटी बैठकबाट विभागहरूलाई पूर्णता दिने तयारी रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *