|
२०८३ आश्विन २
काठमाडौँ । प्रहरीले काठमाडौँको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन् । उनको साथबाट सुन तथा गहनासहित ७ लाख ५० हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
माणिकले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्