|
२०८३ आश्विन २
काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ । अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने भएको छ ।
प्रारम्भिक उम्मेदवार सूचीअनुसार ७ उपाध्यक्षका लागि १४ जना, एक महासचिवका लागि ३ जना र एक उपमहासचिवका लागि २ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, ७ सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले जानकारी दिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्