|
२०८३ आश्विन २
काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यासको मूल्य घट्ने भएको छ। अब एक सिलिन्डर ग्यास अधिकतम २ हजार ६० रुपैयाँमा बिक्री गर्न ग्यास उद्योगीलाई आग्रह गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले सडक सञ्चालनमा आएसँगै वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लाग्दै आएको अतिरिक्त खर्च हटेको जनाएको छ।
यसअघि वैकल्पिक बाटो प्रयोग गर्दा ढुवानी खर्च बढेपछि उपत्यकामा ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा पुर्याइएको थियो। सडकमा यातायात सहज भएसँगै नियमित मार्गबाट ग्यास आउन थालेपछि पुरानै मूल्य कायम गर्न संघले उद्योगहरूलाई निर्देशन दिएको हो।
संघले असोज २ गते शुक्रबारदेखि नयाँ मूल्य लागू गर्न तथा विक्रेतालाई समेत सोहीअनुसार बिक्री गर्न आग्रह गरेको छ।



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्