काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ। शुक्रबार बिहान ५ बजेसम्मको विवरणअनुसार रसुवामा १९९, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो। काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ।
फेला परेका शवमध्ये १ हजार २४६ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २७७ जनाको डीएनए नमुना संकलन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म ४ हजार ९० जना बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै, विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा २ हजार ३ जना व्यक्तिलाई राखिएको छ। नेपाल प्रहरीको वेबसाइटमा पहिचान हुन नसकेका १ हजार ३६१ शवको विवरण समेत सार्वजनिक गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्