विमानस्थलमा राहत सामग्री अलपत्र, तत्काल व्यवस्थापन गर्न सांसद न्यौपानेको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा विभिन्न देश तथा दाता निकायबाट प्राप्त राहत सामग्री अलपत्र अवस्थामा रहेको भन्दै तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले हालै विमानस्थल निरीक्षण गर्दा कोरोना कालका २० कन्टेनरसहित लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री थन्किएको भेटिएको बताए। उनले सामग्री प्रयोगमा नआउँदा ठूलो परिमाणको राहत खेर जाने अवस्था रहेको उल्लेख गरे।

सम्बन्धित कर्मचारीसँग बुझ्दा भन्सारसम्बन्धी झमेलाका कारण सामग्री रोकिएको जानकारी पाएको उनले बताए। विपद्बाट प्रभावित क्षेत्रमा आवश्यक सामग्री तत्काल पठाउनुपर्नेमा विमानस्थलमै थन्क्याएर राख्नु उचित नभएको उनको भनाइ छ।

न्यौपानेले राहत सामग्री कहाँ आवश्यक छ भन्ने पहिचान गरी सम्बन्धित क्षेत्रमा तत्काल पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *