|
२०८३ आश्विन १
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले फरक विचार राख्ने सांसदलाई भौतिक आक्रमणको प्रयास र धम्की दिएको भन्दै निन्दा गरेका छन्।
प्रतिनिधिसभा बैठकमा उनले यस्ता गतिविधिले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सहिष्णुतामाथि प्रहार गरेको बताए। सिंहदरबारको गेटअगाडि सांसदलाई लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउने धम्की आएको उनले उल्लेख गरे।
यस्ता धम्की दिने व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ। आचार्यले सांसदहरूको सुरक्षाको जिम्मा राज्यको भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्