रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले बाढीले नेपालको विकास र समृद्धिको योजनामा ठूलो असर पारेको बताए।

भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो। सरकारले यसको प्रमुख कारण जलवायु परिवर्तनलाई मानेर थप अध्ययन गरिरहेको उनले जानकारी दिए।

खनालले नेपालको पूर्वाधार, जलविद्युत्, बस्ती र बजार विकास नदी करिडोरसँग जोडिएकाले यस्ता विपद्को जोखिमबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए। साथै, हिमालय क्षेत्रसम्बन्धी अध्ययन–अनुसन्धानलाई एकीकृत गरी नेपालको स्पष्ट राष्ट्रिय धारणा बनाउनुपर्नेमा उनले जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *