बाढीपछिको पुनर्निर्माणबारे छलफल गर्न अर्थमन्त्री वाग्ले दिल्लीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले दुईदिने औपचारिक भ्रमणका क्रममा बिहीबार भारतको नयाँ दिल्ली पुगेका छन्।

नेपालमा हालै आएको विनाशकारी बाढीपछि पुनर्निर्माणका लागि आर्थिक सहकार्यबारे छलफल गर्न उनी भारत पुगेका हुन्। भ्रमणका क्रममा वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसहित विदेशमन्त्री एस जयशङ्कर, वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्।

उनले कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रीको कार्यक्रममा सम्बोधन गर्नुका साथै दिल्ली स्कुल अफ इकोनोमिक्समा विशेष भाषण दिने कार्यक्रम छ।

बाढीबाट नेपालका तीन जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्पछि पुनर्निर्माण र आर्थिक सहकार्यका विषयमा छलफल गर्न भएको यो नेपालबाट भारतको पहिलो उच्चस्तरीय भ्रमण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *