प्रधानमन्त्रीको नेतृत्वमा नेपाली टोली राष्ट्रसंघको महासभामा जाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अर्को साता संयुक्त राज्य अमेरिका जाने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री खनालले आफू पनि प्रतिनिधिमण्डलमा सहभागी हुने जानकारी दिए।

उनका अनुसार महासभामा नेपालले राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषय उठाउनेछ। नेपालको सहभागितालाई कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा लिइएको छ।

बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तबारे विषय विज्ञहरूसँग पनि छलफल भएको थियो।

महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने विषयमा समेत छलफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *