आज विश्वकर्मा पूजा मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौँमा आज आश्विन सङ्क्रान्तिका अवसरमा विश्वकर्मा पूजा मनाइँदै छ। सवारीसाधन, कलकारखाना, उद्योग तथा विभिन्न मेसिनरी सामग्री र औजारको पूजा गरी भगवान् विश्वकर्माको आराधना गर्ने परम्पराअनुसार राजधानीको भद्रकालीमा श्रद्धालुको भीड लागेको छ।

यस दिन उद्योग, कलकारखाना तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा गरिन्छ। सवारीसाधन, मेसिनरी उपकरण र औजारलाई समेत पूजा गर्ने चलन छ।

विश्वकर्मा पूजाका अवसरमा उद्योग तथा कलकारखाना सजाएर मजदुर र कर्मचारीलाई सहभागी गराई सामूहिक रूपमा पूजा गर्ने गरिन्छ। पूजा गरिएको विश्वकर्माको मूर्ति भोलिपल्ट नदी वा जलाशयमा विसर्जन गर्ने परम्परा पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *