|
२०८३ आश्विन १
खोटाङ । प्रहरीले बरामद गरेको १ हजार ३१५ किलो अवैध गाँजा नष्ट गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाको वालिङबाट गत साउन २१ गते ट्रकमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको थियो। प्रहरीले उक्त गाँजाको मूल्य करिब २ करोड रुपैयाँ रहेको जनाएको छ।
गाँजा बोकेको ट्रकका चालक फरार छन् भने गाँजाको मालिकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्