|
२०८२ फाल्गुन ३
काठमाडौँ — शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद गरिएको छ।
बा८च ६५०८ नम्बरको गाडी भित्री सडकखण्डमा तीव्र गतिमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई सडकछेउको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गाडीको सिट र डिक्की भागमा प्लास्टिकले बेरेर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा भेटिएको हो।
सुरक्षाकर्मीबाट जोगिन उच्च गतिमा कुदाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्