काठमाडौँ । भोटेकोशी बाढीपछि उत्पन्न जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी नेकपा एमालेकी सचिव पद्मा अर्यालका अनुसार समितिमा रहने सदस्य र समितिको कार्यादेश (टीओआर) भने संसद्को कार्यक्षेत्रभित्र पर्नेछ ।
उनले बाढी प्रभावित क्षेत्रमा सरकारले गरेको काम तथा देखिएका कमजोरीलगायत विषयमा समेत बैठकमा समीक्षा गरिएको जानकारी दिइन् ।
गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
यसअघि भदौ १० गते रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा १० बुँदे संकल्प प्रस्ताव पारित गरेको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्