|
२०८३ भाद्र ३१
काठमाडौं । सरकारले असोजको पहिलो साता १३ देशमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते मागेको आवेदनका आधारमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जानुअघि नै राजदूत नियुक्ति टुंग्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
अमेरिका, चीन, भारत, जापान, मलेसिया, साउदी अरेबिया र रुसलगायत मुलुकमा चाँडै राजदूत पठाउने तयारी छ । मन्त्रालयका अनुसार १३ देशका लागि मागिएको आवेदनमा ४ हजार ७ सय जनाले आवेदन दिएका थिए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्