काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै यसको जोखिम नियन्त्रणका लागि विकासको गति केही सुस्त बनाउनुपर्ने बहस चर्किएको छ।
अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले एआई विकासमा सुरक्षा र निगरानीलाई प्राथमिकता दिनुपर्ने बताएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको विरोध गरेका छन्। ट्रम्पले एआईमा आवश्यक सुरक्षा मापदण्ड कायम गर्न बलियो नेतृत्व पर्याप्त हुने दाबी गरेका छन्।
तर ओपनएआईका प्रमुख साम अल्टम्यान र एन्थ्रोपिकको धारणा समर्थन गर्ने एलन मस्कसहितका प्रविधि क्षेत्रका व्यक्तिहरूले एआई विकाससँगै सुरक्षा परीक्षण र जोखिम मूल्याङ्कन आवश्यक रहेको बताएका छन्।
एआईको तीव्र विकासले चिकित्सा, अनुसन्धान र उत्पादकत्वमा फाइदा पुर्याउने अपेक्षा भए पनि साइबर सुरक्षा, मानव नियन्त्रण, शक्ति केन्द्रीकरण तथा वातावरणीय असरबारे चिन्ता बढेको छ।
एआईका लागि आवश्यक डाटा सेन्टरले ठूलो मात्रामा विद्युत् र पानी खपत गर्ने भएकाले वातावरणीय प्रभावसमेत बहसको विषय बनेको छ। यस्तै, एआई विकास सुस्त पार्ने बहसपछि केही ठूला प्रविधि तथा चिप कम्पनीको सेयर मूल्यमा समेत गिरावट आएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्