|
२०८३ भाद्र ३०
काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद अन्त्यका लागि पहल गरिरहेका २५ नेताले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको भाषा अस्पष्ट भएको बताएका छन्।
निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को संयोजकत्वमा सोमबार बसेको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनपछि बन्ने केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय स्पष्ट नभएको निष्कर्ष निकालेको हो।
नेता मीन विश्वकर्माले अस्पष्ट विषयबारे सभापति गगन थापालाई जानकारी गराइसकेको बताए। उनले पार्टी एकताका लागि भइरहेको प्रयास सकारात्मक दिशामा अघि बढेको र आफूहरू सैद्धान्तिक रूपमा संस्थापन पक्षसँग नजिक पुगेको बताए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्