एआईकाे विकास गति घटाउनुपर्नेमा साम अल्टम्यानको समर्थन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौं । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले अत्यन्त उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाएर सुरक्षा सुनिश्चित गर्नुपर्ने प्रस्तावलाई समर्थन गरेका छन्।

एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले अघि सारेको यो प्रस्तावलाई समर्थन गर्दै अल्टम्यानले मानव सुरक्षामा गम्भीर जोखिम देखिए ओपनएआई आफ्ना सबै जीपीयू पगाल्नसमेत तयार रहेको बताएका छन्। उनले भने यो अवस्था आउने कुरा भने केवल एउटा परिकल्पना भएको स्पष्ट पारेका छन्।

अल्टम्यानका अनुसार ओपनएआईले आफ्ना एआई प्रणालीको सुरक्षा परीक्षण स्वतन्त्र संस्थाबाट गराउनेछ। आवश्यक परे एआई विकासको गति पटक–पटक घटाउनुपर्ने हुन सक्ने उनको भनाइ छ।

उनको ‘सबै जीपीयू पगाल्ने’ भनाइको अर्थ जोखिम अत्यधिक बढेमा एआईको विकास तथा सञ्चालन रोक्न कम्पनी आफ्नो ठूलो कम्प्युटिङ पूर्वाधारसमेत बन्द गर्न तयार रहेको भन्ने हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *