|
२०८३ भाद्र २८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अस्कर अवार्डका लागि नेपालको तर्फबाट सिफारिस भएको तथा एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमा फिल्मसम्बन्धी पोस्ट गर्दै प्रधानमन्त्री शाहले दर्शकलाई फिल्म हेर्न आग्रह गरेका छन्। उनले फिल्म दोस्रो हप्तामा पनि हलमा प्रदर्शन भइरहेको जानकारी दिएका छन्।
अविनाशविक्रम शाह निर्देशित फिल्म यसअघि फ्रान्सको कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भइसकेको छ। सरकारले पनि फिल्मलाई नगद पुरस्कारसहित सम्मान गरिसकेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्