|
२०८३ भाद्र २८
काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव चर्किँदा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर डिपो अगाडि दिनौँसम्म लाइन बस्न बाध्य भएका छन्।
नेपाल आयल निगमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा आवश्यक प्रक्षेपणभन्दा ९४ हजार ६४४ मेट्रिक टन कम ग्यास आयात भएको थियो। मागअनुसार समयमै आयात र ढुवानी हुन नसक्दा अहिले बजारमा अभाव देखिएको बताइएको छ।
यसबीच आधा सिलिन्डर वितरणको नीतिले पनि आपूर्ति व्यवस्थापनमा थप समस्या सिर्जना गरेको व्यवसायीहरूको दाबी छ।
पछिल्लो समय ग्यास आयात बढे पनि काठमाडौंमा दैनिक माग एक लाख सिलिन्डरभन्दा माथि पुगेकाले उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। सरकारले भने आपूर्ति सहज बनाउन आवश्यक व्यवस्थापन भइरहेको जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्