तीजको चहलपहल सुरु, आज दर खाने दिन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौं । हरितालिका तीजको रौनक आजदेखि सुरु भएको छ। भाद्र शुक्ल द्वितीयाका दिन आज महिलाहरूले भोलि बस्ने निराहार व्रतका लागि दर खाने गर्छन्।

परम्पराअनुसार माइती पक्षले चेलीबेटीलाई बोलाएर दूधबाट बनेका परिकार, रोटी, घिउलगायतका खानेकुरा खुवाउने चलन छ। दरलाई व्रतका लागि शक्ति जुटाउने तयारीका रूपमा लिइन्छ।

तीज महिलाहरूले भेटघाट गर्दै आफ्ना सुख–दुःख गीतमार्फत व्यक्त गर्ने पर्वका रूपमा पनि मनाइन्छ। तर पछिल्लो समय महिनौँअघिदेखि दर खाने, गरगहना तथा पोसाक प्रदर्शन गर्ने र भड्किलो तामझाम बढेको भन्दै यसको मौलिकता जोगाउनुपर्ने आवाज उठेको छ।

तीजअन्तर्गत तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश पूजा र पञ्चमीमा सप्तऋषिको पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार तीज देवी पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न गरेको तपस्यासँग जोडिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *