|
२०८३ भाद्र २७
काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बो नजिकै घरमै भएको ग्रिनेड विस्फोटमा दुई बालकको मृत्यु भएको छ।
दहिवाला क्षेत्रमा शुक्रबार बिहान भएको घटनामा १० र १४ वर्षका बालक गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा बालकका बुबासमेत घाइते भएका छन्। उनको अस्पतालमै उपचार भइरहेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटना आपराधिक समूहबीचको द्वन्द्वसँग जोडिएको हुनसक्ने आशंका गरेको छ। यद्यपि घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ भने विस्फोटमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्