|
२०८३ भाद्र २५
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। विशेषगरी रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनर्स्थापनाका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने र आवश्यक निर्णय लिन बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्