अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको नजर ‘रातो राज्य’मा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २४

वासिङ्टन । नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले परम्परागत रूपमा रिपब्लिकनको बलियो पकड रहेका राज्य र निर्वाचन क्षेत्रलाई लक्षित गर्न थालेको छ।

डेमोक्र्याटहरूको मुख्य लक्ष्य प्रतिनिधिसभामा बहुमत फर्काउनुका साथै कठिन मानिएको सिनेटमा पनि बहुमत हासिल गर्नु हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा हुन लागेको निर्वाचनलाई डेमोक्र्याटहरूले ट्रम्प प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा अघि बढाइरहेका छन्।

कान्ससजस्ता रिपब्लिकन गढमा समेत डेमोक्रेटिक उम्मेदवारले प्रतिस्पर्धा बलियो बनाउन खोजेका छन्। महँगी, जीवनयापनको बढ्दो खर्च र अर्थतन्त्रलाई डेमोक्र्याटहरूले प्रमुख चुनावी मुद्दा बनाएका छन्।

रिपब्लिकनहरू भने ट्रम्पका समर्थकलाई मतदानमा सक्रिय बनाउने र डेमोक्र्याटलाई अत्यधिक वामपन्थी देखाउने रणनीतिमा छन्। ट्रम्पको लोकप्रियता र पार्टीको ठूलो आर्थिक स्रोतलाई उनीहरूले चुनावी अभियानको बलियो आधार बनाएका छन्।

सिनेटमा भने डेमोक्र्याटका लागि चुनौती अझ कठिन छ। बहुमत हासिल गर्न रिपब्लिकनका केही सिट जित्नुका साथै आफ्ना प्रतिस्पर्धात्मक सिट जोगाउनुपर्ने अवस्था छ। यसबीच इरान युद्ध, डाटा सेन्टरको विस्तार, महँगी र रोजगारीजस्ता विषय पनि चुनावी बहसका प्रमुख मुद्दा बनेका छन्।

नोभेम्बरको निर्वाचनले अमेरिकी कांग्रेसको शक्ति सन्तुलन निर्धारण गर्नुका साथै राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालप्रतिको जनमत र सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक राजनीतिक दिशा समेत देखाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *