|
२०८३ भाद्र २४
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१० भल्लुको खोलामा गएको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
मंगलबार बेलुकी पहिरो खसेपछि अवरुद्ध भएको सडक बुधबार बिहान पहिरो हटाएसँगै बिहान १० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
पहिरोले सडक ढाकेपछि केही समय राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो। पहिरो हटाइए पनि सडक अझै दुईतर्फी रूपमा सञ्चालनमा आइसकेको छैन।
वर्षायाममा कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण पटक–पटक यातायात अवरुद्ध हुँदै आएको छ। पहिरोको जोखिम रहेका क्षेत्रमा सावधानी अपनाउन प्रहरीले चालक तथा यात्रुलाई आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्