खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २२

काठमाडौँ । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौँको रातोपुलबाट तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको सीतामढी घर भई काठमाडौँको रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौँडा–३ घर भई रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली रहेका छन्।

प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–८, रातोपुलस्थित सफिक मासु पसलमा खसीको मासु भन्दै बाख्रीको मासु प्रतिकिलो १ हजार ८ सय रुपैयाँका दरले बिक्री भइरहेको थियो। सूचनाका आधारमा प्रहरीले पसलमा अनुगमन गर्दा भित्री सटरमा बाख्री काटेर मासु बिक्रीका लागि राखिएको अवस्थामा फेला पारेको जनाएको छ।

पसलमा काट्नका लागि एउटा जिउँदो बाख्रीसमेत राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

गौशालामा राखेर अनुसन्धान

प्रहरीले बिक्रीका लागि राखिएको बाख्रीको मासु तथा काट्न तयारी अवस्थामा रहेको बाख्री नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *