सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

यससँगै आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको मूल्य तथा अन्य आधारलाई ध्यानमा राख्दै नेपालमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *