‘प्रचण्ड’ले केन्द्रीय संयोजन समितिको बैठक बोलाए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेका खोजी, उद्धार तथा राहत वितरणको समीक्षा र आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार बैठक केही बेरमा सुरु हुनेछ।

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीले गरेका कामको समीक्षा र आगामी योजना बनाउन बैठक बोलाएको हो,’ ज्वालाले भने।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि पार्टीले बागमती प्रदेशका इन्चार्ज डा. गंगालाल तुलाधरको संयोजकत्वमा केन्द्रीय खोजी, उद्धार तथा राहत टोलीसमेत गठन गरेको थियो।

बैठकमा उक्त टोलीले प्रभावित क्षेत्रमा गरेको कामको समीक्षा गर्दै आगामी दिनमा पार्टीका तर्फबाट सञ्चालन गरिने उद्धार तथा राहतका कार्यक्रमबारे आवश्यक योजना बनाउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *