केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । केन्द्रीय सुरक्षा समितिको नियमित बैठक गृह मन्त्रालयमा सुरु भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मन्त्रालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

बैठकमा मुख्यतया पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा देखिएका सामाजिक तथा धार्मिक प्रकृतिका घटनाक्रमहरूको समीक्षा भइरहेको छ ।

बैठकले देशको समग्र शान्ति सुरक्षाको वस्तुस्थितिको आङ्कलन गर्नुका साथै आगामी सुरक्षा रणनीति तय गर्ने बताइएको छ ।

बैठकमा गृहमन्त्रीसहित गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *