|
२०८३ भाद्र १९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन्। शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा रसुवा पुगेका हुन्।
थापा विज्ञहरूसहित नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ। उनले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीयसँग क्षतिको अवस्थाबारे जानकारी लिने बताइएको छ।
यसअघि सभापति थापा भदौ १५ गते बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए। थापाले बिहीबार पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएका अवस्थाका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताएका थिए।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्