|
२०८३ भाद्र १९
काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा भक्तजनहरू कृष्णमन्दिरमा पुगेर पूजा–आराधना, भजनकीर्तन तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्।
धार्मिक मान्यताअनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको हो। त्यसैले जन्माष्टमीका दिन भक्तजनले व्रत बस्ने, रातभर जाग्राम बस्ने र कृष्णको आराधना गर्ने परम्परा छ।
पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरसहित राजधानीका विभिन्न मन्दिरमा विशेष चहलपहल हुने गरेको छ। नवतनधाममा पनि भक्तजनको भीड लाग्ने तथा विभिन्न स्थानमा श्रीकृष्णको झाँकी, शोभायात्रा र रथयात्रा निकाल्ने गरिन्छ।
जन्माष्टमीको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्