|
२०८३ भाद्र १६
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन टोली नेपाल पठाउने भएको छ।
दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका अनुसार नेपाल सरकारको आग्रहपछि टोली परिचालन गर्न लागिएको हो। परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रण तथा उद्धार निकायका अधिकारी सम्मिलित टोली मंगलबार सैन्य विमानमार्फत नेपालतर्फ प्रस्थान गर्नेछ।
टोलीले नेपालमा करिब १० दिन रहेर बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै आवश्यक मानवीय सहयोगमा नेपाली पक्षसँग सहकार्य गर्नेछ।
यसअघि दक्षिण कोरियाले बाढीपछि सम्पर्कविहीन भएका नौ जना कोरियाली नागरिकको खोजीका लागि द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो। उक्त टोलीले आवश्यक अनुमति पाएपछि शनिबारदेखि सम्भावित स्थानमा हवाई खोजी सुरु गरेको जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्