|
२०८३ भाद्र १५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
लामिछाने सोमबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटका क्रममा उनले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित क्षति, प्रभावित नागरिकको अवस्था तथा उद्धार र राहतका क्रममा भइरहेका गतिविधिबारे जानकारी गराएको बताइएको छ।
यसअघि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा विपद्पछिको अवस्था र सरकारले अघि बढाइरहेका उद्धार तथा राहतका कामबारे जानकारी लिएपछि उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउनुपर्ने विषयमा समेत भेटका क्रममा छलफल भएको जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्