|
२०८३ भाद्र १०
काठमाडौं । माछापुच्छ्रे बैंकले ‘नाडा अटो शो–२०२६’ लाई लक्षित गर्दै नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि आकर्षक कर्जा सुविधा ल्याएको छ।
बैंकले नयाँ सवारी कर्जामा आधार दरमा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराइरहेको जनाएको छ। कर्जाको प्रोसेसिङ शुल्क ०.५० प्रतिशत कायम गरिएको छ।
बैंकका अनुसार नयाँ गाडी खरिदका लागि आवश्यक कर्जा प्रक्रिया बढीमा ७ दिनभित्र पूरा गरिनेछ। अटो शोमा सहभागी ग्राहकले बैंकको सवारी कर्जा योजनाबाट सहज रूपमा लाभ लिन सक्नेछन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्