एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ सेवा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ५

काठमाडौं । एनएमबि बैंकले ग्राहकका लागि अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ।

नयाँ डिजिटल प्रणालीमार्फत ग्राहकले घरबाटै कर्जाका लागि आवेदन दिनुका साथै आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘ट्र्याकिङ आईडी’ मार्फत हेर्न सक्नेछन्। यसबाट कर्जा प्रक्रियालाई सरल, छिटो, पारदर्शी र कागजरहित बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

कर्जा आवेदनका लागि digi.nmb.com.np मा गई ‘Loan Services’ हुँदै आवश्यक कर्जा छनोट गरेर विवरण भर्न सकिने बैंकले जनाएको छ।

हाल एनएमबि बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *