बागलुङ, भदौ १० — दुई वर्षभित्र सक्ने लक्ष्यसहित सुरु गरिएको बागलुङ सदरमुकाम–बिहुँ सडकखण्ड एक दशक पुग्दा पनि पूरा हुन सकेको छैन। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको १३ किलोमिटर सडक अहिले पनि यात्रुका लागि समस्या बनेको छ।
२०७३ सालमा भारत/सिद्धिसाई जेभीसँग रु ४३ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको थियो। पाँच पटकसम्म म्याद थपिए पनि काम सम्पन्न नभएपछि गत पुसमा सम्झौता रद्द गरिएको हो। ठेकेदारले हालसम्म रु ३४ करोडभन्दा बढी भुक्तानी लिइसकेको छ।
अब सडक निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको छ। आयोजनाका अनुसार पुरानो काम तथा थप आवश्यक पूर्वाधारका लागि करिब रु २५ करोड स्रोत सुनिश्चितताको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ।
यसैबीच, पुरानो ठेकेदारबाट करिब रु ९ करोड ३६ लाख असुल गर्नुपर्ने देखिएको छ। सडक जीर्ण बन्दै जाँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्या झेल्दै आएका स्थानीय तथा यात्रुले नयाँ ठेक्काबाट छिट्टै काम अघि बढ्ने अपेक्षा गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्