सडक डिभिजन कार्यालय लहानले ५ रुग्ण ठेक्का सम्झौता तोड्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाण्डौँ । काम नगरेर अलपत्र पारिएका ५ रुग्ण ठेक्का ठेक्का सम्झौता सडक डिभिजन कार्यालय लहानले तोडेको छ । ठेक्का तोडिएका सडक आयोजनाहरु आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ मा सम्झौता भएका थिए ।

सम्झौता अनुुसार काममा प्रगति नभएपछि कार्यालयले ठेकेदार कम्पनीलाई ठेक्का किन नतोड्ने ? भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

सप्तरीको शम्भुनाथस्थित साह इन्जिनियर कन्स्ट्रक्सनले ठेक्का लिएका राजबिराज हुमाननगर–भारदह सडक, रूपनी–राजबिराज सडक र राजबिराज छिन्नमस्ता सडकको ठेक्का तोडिएको छ ।

यस्तै सप्तरीकै बलुवाही खोला ललापट्टी पुल निर्माणको ठेक्का पाएको यकथुवाहाङ्ग बिपी जेभी लहानसँगको पनि ठेक्का तोडिएको छ ।

यसैगरी उदयपुर जिल्लाको कोजोमा खोला पुल निर्माणको ठेक्का लिएको वाईपी विकास ब्रदर बजरंगी जेभी जनकपुरधामसँगको पनि ठेक्का तोडिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *