गरिमा प्रकरणमा ‘मिडिया ट्रायल’ गर्न खोजिएको कानूनमन्त्री गौतमको गुनासो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ७

काठमाडौँ । कानूनमन्त्री सोविता गौतमले ३ वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणलाई लिएर आफूमाथि ‘मिडिया ट्रायल’ गर्न खोजिएको बताएकी छन्।

सरकार र गरिमाका बाबुआमाबीच तीनबुँदे सहमति भएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गौतमले अनुसन्धान पूरा नहुँदै निष्कर्षमा पुग्ने र अपुष्ट विवरण फैलाउने प्रवृत्तिले न्याय प्रक्रियालाई कमजोर बनाउने बताइन्। उनले घटनालाई राजनीतिकरण नगर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रमाण सुरक्षित राख्दै निष्पक्ष अनुसन्धानमा जोड दिएकी छन्।

आफ्नो पुरानो भिडियोको अंश काटेर गलत अर्थमा प्रचार गरिएको दाबी गर्दै उनले आफूले कहिल्यै बलात्कारलाई सामान्य नठानेको स्पष्ट पारेकी छन्। साथै, ‘बलात्कारीलाई फाँसी दे’ भन्ने मागप्रति उनले संविधानले मृत्युदण्ड निषेध गरेको भन्दै सरकार संविधानभन्दा बाहिर गएर निर्णय गर्न नसक्ने बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *