|
२०८३ भाद्र ५
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाने भएको छ।
डा. शशांक कोइरालाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो। पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै निवेदन दर्ता गर्ने तयारी गरिएको नेता एनपी साउदले बताएका छन्।
देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्