काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले अबदेखि शेरबहादुर देउवा पक्षले बोलाउने बैठकमा सहभागी नहुने निर्णय गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई मान्यता दिएपछि कोइराला समूहले यस्तो धारणा बनाएको हो।
सानेपामा बोलाइएको विघटित केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखे पनि कोइराला पक्षका नेताहरूले निर्णय पुस्तिकामा हस्ताक्षर गरेनन्। उनीहरूले पार्टीलाई आन्दोलनतर्फ नलगी अदालतको बाटो र निर्वाचन प्रक्रियामै अघि बढ्नुपर्ने जोड दिएका छन्।
कोइराला पक्षले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताउँदै सडक आन्दोलनको विपक्षमा मत राखेको छ। अब उनीहरू देउवा समूहको छलफलमा सहभागी नहुने जनाइएको छ।
यता देउवा पक्षका नेताहरू भने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी तथा राजनीतिक संघर्ष गर्नुपर्ने पक्षमा छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्