पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ४

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रकाशित समाचारको विषयमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश अच्युत कुइकेलको इजलासले प्रेस काउन्सिलको क्षेत्राधिकार, संविधानले सुनिश्चित गरेको अभिव्यक्ति तथा सञ्चार स्वतन्त्रता र सर्वोच्च अदालतको पछिल्लो आदेशलाई आधार बनाउँदै श्रेष्ठमाथि धरपकड नगर्न आदेश दिएको हो।

उपसभामुख रुवी कुमारीले आफ्नो निजी विषय प्रकाशित भएको भन्दै प्रेस काउन्सिल र प्रहरीमा उजुरी दिएपछि श्रेष्ठविरुद्ध पक्राउको प्रक्रिया अघि बढाइएको थियो। जिल्ला अदालत ललितपुरले भने पक्राउ पुर्जी दिन अस्वीकार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *