अदालतको मुद्दाले कांग्रेस महाधिवेशन रोकिँदैन : चालिसे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अदालतमा विचाराधीन मुद्दाका कारण पार्टीको १५औँ महाधिवेशन नरोकिने बताएका छन्।

मंगलबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान र पार्टी विधानले तोकेको समयसीमाभित्र महाधिवेशन गर्नु कांग्रेसको बाध्यकारी दायित्व भएको बताए। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको मिति परिवर्तन नहुने उनको दाबी छ।

पार्टीभित्र देखिएको असन्तुष्टि नीतिगत नभई पद र अवसरसँग सम्बन्धित रहेको भन्दै उनले कुनै पनि बहानामा महाधिवेशन प्रक्रिया रोक्न नसकिने स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *