ग्यास किन्न उपभोक्तालाई सहज, काठमाडौँका सात स्थानमा आज विशेष बिक्री

DaksuMedia दाक्सु मिडिया
|
साउन ३१, २०८३

काठमाडौँ — बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज नभएको गुनासो बढेपछि नेपाल आयल निगमले आइतबार काठमाडौँ उपत्यकाका विभिन्न सात स्थानबाट ग्यास बिक्री गर्ने भएको छ।

निगमका अनुसार ग्यासको आवश्यकता भएका उपभोक्तालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा ग्यास उद्योगीमार्फत बिक्रीको व्यवस्था गरिएको हो। शनिबार पाँच स्थानबाट बिक्री गरेको निगमले आइतबार बिक्री केन्द्रको संख्या बढाएर सात पुर्‍याएको जनाएको छ।

ग्यास बिक्री बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। निगमले अत्यावश्यक आवश्यकता भएका उपभोक्तालाई तोकिएका बिक्री केन्द्रमा पुगेर ग्यास खरिद गर्न आग्रह गरेको छ।

आइतबार ग्यास बिक्री हुने स्थानमा टेकुस्थित निगम परिसर, पशु सेवा शाखा चपली–बुढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन्।

बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध हुने निगमले जनाएको छ।

टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीराम र सगर ब्रान्ड बिक्री गरिनेछ। चपलीस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र भानु ब्रान्ड उपलब्ध हुनेछन्।

राधास्वामी कीर्तिपुर परिसरमा नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डको ग्यास बिक्री गरिनेछ। नयाँ बजार जुडो हल परिसरमा नेपाल, एचपी र ओम ब्रान्ड राखिएको छ।

त्यस्तै, तारकेश्वर नगरपालिका परिसरमा नेपाल र एचपी, चन्द्रागिरी नगरपालिका कार्यालयमा लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टर सुगम र एसटीसी ब्रान्डको ग्यास बिक्री गरिने निगमले जनाएको छ।

बजारमा ग्यासको अभाव देखिएपछि निगमले उपभोक्तालाई तत्काल राहत दिने उद्देश्यले बिक्री केन्द्रमार्फत प्रत्यक्ष वितरणलाई निरन्तरता दिएको हो। निगमले उपलब्धता र आवश्यकताअनुसार आगामी दिनमा पनि आपूर्ति व्यवस्थापनमा थप कदम चाल्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *