|
२०८३ श्रावण ३०
काठमाडौँ । नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट सर्वसाधारणलाई एलपी ग्यास बिक्री गर्ने भएको छ। निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा टेकु, चाबहिल, कीर्तिपुर, वसुन्धरा र बबरमहलबाट ग्यास वितरण गरिनेछ।
ग्यास लिन जाँदा उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्नेछ। बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ।
निगमका अनुसार यो व्यवस्था अत्यावश्यक उपभोक्तालाई लक्षित गरिएको हो। अनावश्यक रूपमा लाइन नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरिएको छ। ग्यासको आयात तथा बजार आपूर्ति भने नियमित रहेको निगमले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्