|
२०८३ श्रावण २८
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे बैठक सुरु हुने जनाइएको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा साउन २४ गतेदेखि निरन्तर चलिरहेको बैठकमा पार्टीको १५औँ महाधिवेशन, भ्रातृ तथा शुभेच्छुक संगठन, आगामी राजनीतिक रणनीति र समसामयिक विषयमा छलफल भइरहेको छ।
बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ। बुधबारको बैठकमा महामन्त्री गुरुराज घिमिरेसहित २८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा प्रस्तुत गरेका थिए।
आजको बैठकमा बाँकी सदस्यहरूले समेत पार्टीको आगामी दिशा र संगठनात्मक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्