|
२०८३ श्रावण २४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, एमाले र नेकपा सहभागी संयुक्त सरकार बनाउने प्रस्ताव अस्वीकार गरिएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले प्रदेशमा विपक्षीविहीन सरकार बनाउनु लोकतान्त्रिक अभ्यास र संघीयताको मर्मविपरीत हुने बताए।
पूर्वसहमति अनुसार प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा एमालेसँग छलफल भए पनि सबै दल मिलेर सरकार बनाउने प्रस्तावमा कांग्रेस सहमत नभएको उनको भनाइ छ। उनले प्रदेशमा सरकारसँगै प्रभावकारी प्रतिपक्षको भूमिका पनि आवश्यक रहेको स्पष्ट पारे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्