|
२०८३ श्रावण २४
काठमाडौं । मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र गण्डकीका केही तथा कोशी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो हिमाली क्षेत्रका केही र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
राति पनि देशभर बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका केही भूभागमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्